Skip to content
LAXMI SUNRISE BANK

अर्थतन्त्र सुधार्न फजुल खर्च कटौती गर्नुपर्छः विष्णु पौडेल

अर्थ सरोकार

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्नेमा जोड दिएका छन् ।

बुटवलमा आयोजित राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पौडेलले यसका लागि सरकारले सबै दल र विज्ञसँग छलफल गरी फजुल खर्च कटौती गर्दै राजस्वले चालु खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाव दिएका हुन् ।

पछिल्लो समय मुलुकको अर्थतन्त्र निरन्तर ओरालो गतिमा रहेको पौडेलले दाबी गरेका छन् । ‘हाल देशको अर्थतन्त्र ओरालो गतिमा छ । डुबिसकेको छैन तर चिन्ता गर्नुपर्ने बेला भएको छ ।’, उनले भने, ‘देशको अर्थतन्त्र जोगाउन निकै संवेदनशील भएर सरकारले काम गर्नुपर्छ ।’

अर्थतन्त्र संकटकै बीच सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा रहेकोले थप चुनौतिपूर्ण हुने पौडेलको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK