काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले भ्रष्टाचारविरुद्ध नागरिकले गरेको खबरदारीले मात्रै कार्वाही हुने आशंका व्यक्त गरेका छन् । देशबासी भ्रष्टाचारविरुद्ध सडक तताईरहेकै बेला मेयर साहले सामाजिक सञ्जाल फेसबुकबाटै भ्रष्टचारको विरोध गरेका छन् ।
तर, मेयर साहले देशव्यापी रुपमा भ्रष्टाचारविरुद्ध गरिएको सडक प्रदर्शनलाई नाटकको संज्ञा दिएका छन् । सरकारले भ्रष्टाचारविरुद्धको ‘फाइल’ खोल्न सुरु गरे पनि कार्वाही हुने कुरामा आशंका व्यक्त गरेका छन् । ‘यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउदिन म चही ।’, उनले लेखेका छन्, ‘तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्वाही गर्नलाई हो । सिधै कार्वाही गर्ने नीति बनाउनलाई हो ।’
त्यति मात्र होइन, उनले भ्रष्टाचारीलाई बागमतिमा चोपल्नुपर्ने धारणासमेत राखेका छन् । ‘भ्रष्टाचार विरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ? सिधै लगेर बागमतीमा चोपल्नुस् ।’– उनले लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्