काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि काँग्रेसभित्र पूर्वगृहन्त्री बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने आवाज चर्को रुपमा उठेको छ । सोही विषयमा बुधबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि अनिर्णित बन्यो ।
बुधबार पार्टीको भातृ संगठन र विभाग गठनको विषयमा आवश्यक छलफलका लागि बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले पनि स्थान पायो । पार्टीका शिर्ष नेताहरुको छलफलमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पक्राउ परेका खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाए । ‘महामन्त्रीद्वयले खाँणलाई निलम्बन गर्नुपर्ने तर्क गर्नुभएको हो ।’, बैठकमा सहभागी एक नेताले भने, ‘तर उक्त विषयमा कुनै टुंगो लागेन ।’
बुधबारको बैठकमा सो विषयमा कुनै पनि सहमति हुन नसकेपछि बिहीबार पुनः पार्टीको पदाधिकारी बैठक बस्ने भएको छ ।
बिहीबार दिउँसो २ बजे धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा केन्द्रीय सदस्य एवम् पूर्वप्रधानमन्त्री समेत रहेका खाँणलाई निलम्बन गर्ने वा नगर्ने विषयमा छलफल हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्