×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उधोग मन्त्री र बैंक तथा वित्तिय संस्था परीसंघबीच भेटवार्ता, बैंकिङ क्षेत्रमा लक भएको पैसा रिलिज गर्न आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उधोग मन्त्री र बैंक तथा वित्तिय संस्था परीसंघबीच भेटवार्ता, बैंकिङ क्षेत्रमा लक भएको पैसा रिलिज गर्न आग्रह

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उधोग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उधोग क्षेत्रमा संकट आउन नदिन उधोगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्वको बैंक तथा वित्तिय संस्था परीसंघको टोलिले भेट गरेको थियो । भेटका क्रममा मन्त्री रिजाललाई परीसंघ टोलिले उधोग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएका थिए ।

बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गर्दै परिसंघ टोलिले उक्त रकम उधोग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएका थिए ।

मन्त्री रिजालले उधोग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उधोग क्षेत्रलाई बचाउनका लागि सरकारलाई उधोगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । मन्त्री रिजालले भने, ‘सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी