काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी सधानको भाडादर घटेको छ । इन्धनको मूल्य घटेसँगै बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने आन्तरिक र लामो दूरीको सार्वजनिक सवारीमा भाडादर घटाएको हो । बिहीबारदेखि लागू हुने गरी सवारी सधानको भाडा घटाइएको प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालयका उप–सचिव शंकरराज पाठकले जानकारी दिएका छन् ।
बुधबार बसेको भाडा निर्धारण तथा समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए । पोडेलका अनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा ५. ९० प्रतिशतले गाडी भाडा घटेको छ ।
त्यस्तै, बागमती प्रदेशभित्र अन्तरपालिका चल्ने मालवाहक सवारी साधनमा ५.६९ र लामो दूरीको यात्रुवाहक बसमा ४.१८ प्रतिशतले गाडी भाडादर घटाउने निर्णय मन्त्रालयले गरेको छ । ‘भाडा घटाउने निर्णय अनुसार बुधबार नै निर्णय कानून मन्त्रालयमा पठाएका छौं ।’, पौडेलले भने, ‘बिहीबार नै राजपत्रमा समायोजन गरिएको कुरा प्रकाशित गर्ने तयारी छ ।’
पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि बिहीबारदेखि लागू हुने गरी बागमती प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्