काठमाडौँ । रिपोर्टिङका क्रममा आफ्ना सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको भन्दै टेकपाना मिडिया प्रालिले आपत्ति जनाएको खबर सार्वजनिक भएपछी सुन्दर यातायातका संचालक भेष बहादुर थापाले सो समाचारप्रति आपत्ति जनाएका छन् । टेकपानाले पठाएको विज्ञप्तिका आधारमा तयार भएको समाचारप्रति आपत्ति जनाउँदै सोमबार अर्थ सरोकारको सम्पर्कमा आएका थापाले आफुले कोहि पत्रकारमाथि दुर्व्यवहार नगरेको दाबी गर्दै टेकपानाले जारी गरेको विज्ञप्तिले आफैंलाई अचम्मित तुल्याएको दाबी गरेका छन् ।
सुरुमा सभ्य तरिकाले प्रस्तुत भएका थापा पछी भने झोक्किएका थिए । सुरुमा तपाईं हामी भनेको त नङ र मासुजस्तै सम्बन्ध भएका हौँ’ भनेका उनलाई अर्थ सरोकारकर्मीले ‘हो, तपाईंहरुले गर्नुभएको सबै कामलाई हामीले पनि प्रमोट गरिरहेकै छौँ, तर तपाईंले संचारकर्मीमाथि दुर्व्यवहार गरेर गलत गर्नुभयो, दुर्व्यवहार नभई कसैले हामी दुर्व्यवहारमा पर्दैनौं भन्दैन’ भन्नेबित्तिकै उनी झोक्किएका थिए ।
अर्थ सरोकारकर्मीको जवाफलगत्तै उनले ‘ए, भो, तपाईंहरुले नै गर्दा हाम्रो कम्पनी राम्रो भएको, हाम्रो ऋण नै तपाईंहरुले तिरिदिने जस्तो कुरा गर्नुभयो’ भन्दै झोक्किएका थिए । उनले आफ्नो कम्पनी बन्द नै भए पनि केहि फरक नपर्नेदाबी समेत गरे । ‘पत्रकारहरुले हाम्रो कम्पनी बन्द नै होस् भन्ने चाहेको भए पनि हामीलाई केहि फरक पर्दैन ।’ उनले भने ।
पुन: अर्थ सरोकारकर्मीले ‘तपाईंले यति सानो कुरामा त यस्तो ठुलो कुरा गर्नुहुँदो रहेछ, तपाईंले पत्रकारलाई दुर्व्यवहार गर्नुभएन भनेर कसरी पत्याउने ?’ भनेर सोधेपछि उनले फोन काटेका थिए ।
गत बुधबार रिपोर्टिङका क्रममा आफ्ना सञ्चारकर्मीमाथि सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले दुर्व्यवहार गरेको घटनाप्रति टेकपानाले आपत्ति जनाएको हो । भोलि सो यातायातले कार्यक्रम राखेको छ, जुन अधिकांस पत्रकारहरुले बहिष्कार गर्ने बताईसकेका छन् । थापाले टेकपानासँग माफी नमागेको खण्डमा सुन्दर यातायातका सबै कार्यक्रम बहिष्कार गर्ने केहि पत्रकारहरुले घोषणा नै गरिसकेका छन् ।
टेकपानाका अनुसार सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको विद्युतीय बाइकको रिपोर्टिङको लागि बुधबार टेकपानाका सञ्चारकर्मी कम्पनीको वर्कशप पुगेका थिए । सोही क्रममा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन् । घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै टेकपानाले पेशागत जिम्मेवारी र दायित्वअन्तर्गत रिपोर्टिङमा खटिएका सञ्चारकर्मीमाथि भएको घटनाको भत्सर्ना गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्