×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शंकाको घेरा बढाउने ओली, प्रचण्ड र देउवाको भेट, एजेण्डारहित बैठकमा के ‘खिचडी’ पकाउँदैछन् नेताहरु ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाईप्रोफाइल’ नै झ्यापझ्याप पक्राउ पर्न थालेपछि शीर्ष दलका नेताहरुकाबीचको भेटघाट बाक्लो बनेको छ । यसअघि साह्रै कम हुने कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको भेट अहिले भने बाक्लिएको छ ।

यसैबीच आइतबार पनि प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बैठक चलिरहेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल चलिरहेको छ । तर, छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।

अझ अचम्मको कुरा त के छ भने, केही समय अघि मात्रै पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले तारान्तार प्रधानमन्त्री प्रचण्डलाई भेट्नुलाई पनि धेरैले शंकाको दृष्टीकोणले हेरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाएको छ । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरु पक्राउ पर्न थालेपछि भेटघाट बाक्लिनुले राम्रो संकेत नगर्ने विश्लेषकहरुको दाबी छ । अन्य दलका नेताहरुले पनि पछिल्लो समय तीन दलका नेताहरुको भेटबाट शंका उत्पन्न भएको बताउँदै आएका छन् ।

यसअघि भ्रष्टचारविरुद्ध सरकारले चालेको कदमप्रति धन्यवाद दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रधानमन्त्रीलाई तीन दलको मात्रै छुट्टै बैठक नबस्न आग्रह गरेका थिए । तर पनि तीन दलका शीर्ष नेताहरुको बैठक लगातार चल्नुले शंकाका गर्ने ठाउँ प्रशस्तै छोडेको लामिछोनेले दाबी गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: