काठमाडौँ । नेपाल बीमा प्रधिकरणले बीमकहरुले पाँच लाख रुपयाँभन्दा बढी बार्षिक वा एकल बीमाशुल्क तिर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात तिर्नुपर्ने व्यवस्था गरेको छ । बीमा क्षेत्रमा आम्दानीको स्तर भन्दा माथि बीमा गराँउदा पोलिसी सरेण्डर र अपराधजन्य घटना बढ्दै गएको भन्दै प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।
बीमितले पाँचलाख भन्दा बढीको बीमा गराएर आम्दानीको स्रोत नखुलाउने बीमा कम्पनीहरुलाई बीमा ऐन अनुसार कारवाही समेत गरिने प्राधिकरणले जनाएको छ ।
जीवन बीमा गराउँदा कमिशन आइहाल्छ भनेर केहि बीमा अभिकर्ताहरुले बीमा गराउन दवाव दिने गरिएको छ। पोलिसी ल्याप्सको रेशियो नियन्त्रण गर्न जीवन बीमा सम्बन्धी निर्देशिका संसोधन जारी गरेका प्राधिकरणले जनाएको छ ।
बीमा प्राधिकरणले पोलिसी ल्याप्सको दर उल्लेख्य बढ्दै गएको भन्दै झार्न बीमा कम्पनीहरुलाई यस अघि नै निर्देशन दिइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्