×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत जुटाउन निकै सकसपूर्ण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्रोत जुटाउन निकै सकसपूर्ण

Artha Sarokar

२७ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्धारा काठमाडौँमा आयोजित प्रि–बजेट छलफलमा अर्थमन्त्री महतले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताएका हुन् ।

‘हजारौँ आयोजनाको ठेक्का लागिसकेको छ । तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ । अहिले सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको चुनौती हो ।’, उनले भने, ‘सरकारी राजस्व कम छ । अनुदान र ऋण पनि लक्ष्यअनुसार सङ्कलन हुनसकेको छैन । धेरै ठाउँमा योजना दिनुपर्ने दबाब छ । तर हामीसँग स्रोत कम छ ।’

त्यस्तै, अर्थतन्त्रको दायरा फराकिलो बनाउन लगानी बढाउने विषय सरकारको प्राथमिकतामा रहेको पनि अर्थमन्त्री महतको भनाइ छ । हाल लगानीलाई सहज बनाउनुको विकल्प नरहेको दाबी गर्दै उनले जति लगानी बढ्छ, त्यति राजस्व बढ्ने र नियम कानुन पालना गरेर सहज रुपमा उद्यम गर्न सक्ने वातावरण तयार पार्न सरकार कटिबद्ध रहेको बताएका छन् ।

अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय सुरु गर्नुपर्ने बेला आएको पनि अर्थमन्त्री डा महतले बताए । ‘अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रित छ ।’, अर्थमन्त्री महतले भने, ‘मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर घटाउनेलगायत केही काम गर्न सकिन्छ । विभिन्न क्षेत्रमा नीतिगत सुधार (पोलिसी इन्टरभेन्सन) आवश्यक पनि छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी