×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले ८ विमानस्थल स्तरोन्नति गर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार

PRIME CA
laxmi sunrise bank

सरकारले ८ विमानस्थल स्तरोन्नति गर्ने

काठमाडौं । सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने घोषणा गरेका छन् । त्यस्तै, रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने अर्थमन्त्री महतले जनाएका छन् ।

योसँगै दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: