×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुडमा प्रतिबन्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुडमा प्रतिबन्ध

Artha Sarokar

१५ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताएका छन् ।

स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत अर्थमन्त्री महतले बताए । यस कार्यक्रमबार करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी