काठमाडौं । सरकारले फेसबुक, युट्युब र टिकटकबाट आउने पैसामा लाग्ने कर बढाएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सामाजिक सञ्जालबाट आउने पैसामा लाग्ने कर बढाएको जानकारी दिएका हुन् ।
व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराएबापत वा नेपालबाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा अब पाँच प्रतिशतसम्म कर लाग्ने भएको छ । यसअघि यस्तो रकममा बैंकले एक प्रतिशत करकट्टी गरी जम्मा गर्ने व्यवस्था रहेको थियो ।
त्यस्तै, इकमर्स अपरेटरमार्फत बिक्री गरेको वस्तु तथा सेवा बिक्री गरी सो बापतको रकम इकमर्स अपरेटरले वस्तु वा सेवाधनीलाई भुक्तानी गर्दा सो रकममा एक प्रतिशत अग्रिम करकट्टी गर्नुपर्ने नयाँ व्यवस्था थप गरिएको छ ।
योसँगै कृषि उत्पादन आयात गर्दा विगतमा सामानअनुसार पाँच र दुई दशमलव पाँच प्रतिशत कर भन्सार कार्यालयमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा यदि सो उत्पादनमा मूअकर लाग्नेरहेछ भने एक दशमलव पाँच प्रतिशत मात्र अग्रिम आयकरको रूपमा भन्सार कार्यालयमा जम्मा गर्नुपर्ने व्यवस्था थप गरिएको अर्थमन्त्री डा.महतले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्