काठमाडौं । आर्थिक बर्ष २०८०/८१ को बजेटलाई लक्षित गर्दै सप्ताहव्यापी बजेट बहस हुने भएको छ । स्पेस फोरके टेलिभिजन र अर्थ सरोकारको संयुक्त प्रयासमा बुधबारदेखि सप्ताहव्यापी बजेट बहस सुरु हुने भएको हो । हरेक दिन मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म हुने सो बहस जेठ १० गतेदेखि जेठ १६ गतेसम्म संचालन हुनेछ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा भुइँमान्छेदेखि व्यवसायीसम्मका अपेक्षा जेठ १४ गतेसम्म प्रस्तुत गर्ने, बजेट आउने दिन बजेटको प्रत्यक्ष प्रशारण तथा विश्लेषण गर्ने र बजेट घोषणाको भोलिपल्ट बजेटको समिक्षा गर्नेगरी सप्ताहव्यापी बहस कार्यक्रम डिजाइन गरिएको छ ।
‘बजेट बहस’ कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटलाई विभिन्न कोणबाट विश्लेषण गरिनेछ । सो बहस कार्यक्रममा विभिन्न अर्थविद्हरुसँगसमेत खास बहस हुनेछ । जेठ १६ गतेसम्म चल्ने सो कार्यक्रम स्पेस फोरके टेलिभिजन र अर्थ सरोकारको डटकममार्फत मध्यान्ह १२ बजेदेखि २ बजेसम्म हेर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्