काठमाडौँ । यतिबेला अर्थ मन्त्रालय आगामी आर्थिक बर्षको बजेट निर्माणको चटारोमा छ । आगामी जेठ १५ गते सार्वजनिक हुने बजेट लेखनका लागि मन्त्रालयले विभिन्न सरोकारवालाहरुबाट सुझावसमेत संकलन गरिरहेको छ बहने ६ जना सहसचिवको बजेट मस्यौदा लेखन समितिले बजेटको मस्यौदा धमाधम तयार गरिरहेको छ। ठिक यहि समय अघिल्लो पटकको बजेटमा करका दर हेरफेर गरेको प्रकरण अझै नाबिर्सिएका धेरै नागरिकको चासो छ, के यसपटक अर्थमन्त्रालयको सिसिटिभि फुटेज ठिक छ त ?
चालू आर्थिक वर्षको निर्माणताका करका दर हेरफेर भएको भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा विवादित बनेका थिए । यहि प्रकरणमा उनले राजिनामासमेत दिनु परेको थियो भने पछी सो प्रकरणमा क्लिन चिट पाएर उनी मन्त्रालयमा फर्केका थिए । त्यतिबेला मन्त्रालयको फुटेज प्रचलित कानुनबमोजिम नराखिएको पाइएपछि सिसिटिभी प्रकरणका रुपमा सो केसलाई लिईएको थियो । यसपाली पनि चासो छ कतै मन्त्रालयको सिसिटिभि फुटेजमा यसपटक पनि समस्या त छैन ? व्यापक विवादित बनेको थियो । विवादित बजेटमा सीसीटिभीले समेत व्यापक चर्चा पाएको थियो ।
अघिल्लो पटक चेतिसकेकाले पनि यसपटक मन्त्रालय यसबारेमा सचेत छ । हामीले यस विषयमा अर्थमन्त्रालयसँग जवाफ माग्ने प्रयास गर्यौं । तर अर्थ मन्त्रालयका सूचना अधिकारी बसन्त राज तिवारीले भने यस विषयमा बुझ्न, सम्पर्क गर्न खोज्दा फोन उठाएनन् । उनको फोन नउठेपछि हामीले मन्त्रालयका एक उपसचिवलाई फोन गरी यस विषयमा सोध्यौँ । सुरुमा उनले यस विषयमा सूचना अधिकारी नै बोल्ने बताए । तर हामीले उनको फोन नउठेको जानकारी गराएपछी उनले हाल मन्त्रालयका सबै सिसिटिभी राम्रोसँग चलिरहेको बताए । ‘सबै ठिक छ, हामी पनि यस विषयमा सचेत छौं ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने- ‘अहिलेसम्म सबै ठिक छ ।’
सिसिटिभीको स्टोरेजको विषयमा पनि उनले कुनै पनि समस्या नरहेको दाबी गरे ।उनले सीसीटिभिको फुटेज ९० दिनसम्म रहेको दाबी गरे । यसको अर्थ बजेट निर्माणका क्रममा तलमाथि भएको खण्डमा यसपटक भने सिसिटिभी फुटेज हराउने छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्