Skip to content
LAXMI SUNRISE BANK

क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख दिने

अर्थ सरोकार

काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट बिजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।

खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो ।

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK