×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ३ लाख ५० हजार ठगीको आरोप !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ३ लाख ५० हजार ठगीको आरोप !

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नं.२ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.२६ सामाखुशी बस्ने २६ वर्षीय मन बहादुर कुमाल पक्राउ परेका हुन् ।

उनी सामाखुसी स्थित युरो टेक कन्सल्टेन्सी प्रा.लि मा मार्केटिङ मेनेजरको रुपमा आवद्ध थिए । उनले वैदेशिक रोजगारीका लागि प्रेम बहादुर सुनारलाई दुबई पठाईदिन्छु, दुबई जानको लागि ३ लाख रुपैयाँ लाग्ने र प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु मासिक ६० हजार भन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पिडितबाट पटक पटक गरी ३ लाख ५० हजार रकम लिई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

कुमाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख १५ गते काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । पक्राउ परेका कुमाललाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी