×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्ट्रेलिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अष्ट्रेलिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

१८ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अष्ट्रेलिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ०४ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ०१ लाजिम्पाट बस्ने २७ वर्षीय संजय रेग्मी पक्राउ परेका हुन् ।

उनले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु, अष्ट्रेलिया जानको लागि ३० लाख रुपैयाँ लाग्ने र अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ३ लाख भन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पिडितहरुबाट पटक पटक गरी ३० लाख रकम लिई सम्पर्क विहिन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले रेग्मीलाई बैशाख १७ गते दरवारमार्गबाट पक्राउ गरेको हो । पक्राउ परेका रेग्मीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी