×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्बोडिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ७ लाख ठगीको आरोप !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कम्बोडिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ७ लाख ठगीको आरोप !

Artha Sarokar

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कम्बोडिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. ०९ लालपुर स्थाई घर भई हाल भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठ पक्राउ परेका हुन् ।

उनले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने, कम्बोडिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि सेक्युरिटी गार्डको काम लगाईदिने मासिक एक लाख बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परी पिडितबाट पटक पटक गरी ७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई वैशाख १९ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी