×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

२१ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । थाइल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २७ बालुवा स्थाई घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ९ म्याग्दी चोक बस्ने ३१ वर्षीय नन्दलाल महतो पक्राउ परेका हुन् ।

महतोले भिम बहादुर बुढालाई वैदेशिक रोजगारीका लागि थाइल्याण्ड पठाईदिने, थाइल्याण्ड जान प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँ लाग्ने र थाइल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु मासिक एक लाख बढी तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी ठगी गरेको जनाईएको छ । उनले पिडितबाट पटकपटक गरी ३ लाख ५० हजार रकम लिई सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई वैशाख २० गते टोखा म्याग्दी चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका महतोलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी