×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ३ करोड ५६ लाख ८ हजार ठगिको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ, ३ करोड ५६ लाख ८ हजार ठगिको आरोप

Artha Sarokar

२५ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका लगायतका देशमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोला पक्राउ परेका हुन् ।

बास्तोलाले सुनिला गरुङ सहित १०१ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाईदिने भन्दै रकम ठगि गरेका थिए । उनले सम्बन्धित देशमा पुगेपछि प्रतिष्ठित कम्पनीहरुमा काम लगाईदिने, मासिक ४ लाख बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेर पिडितहरुबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रकम ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलिले उनलाई वैशाख २४ गते भक्तपुर नगरपालिका वडा नं.२ दरबारस्क्वायरबाट पक्राउ गरेको हो । पक्राउ परेका बास्तोलालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी