×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिङ्गापुर पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिङ्गापुर पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

२९ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिङ्गापुर पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । झापा जिल्ला बाह्रदशी गाउँपालिका वडा नं.६ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १० नयाँबानेश्वर बस्ने २० वर्षीय सृजन निरौला पक्राउ परेका हुन् ।

उनले ओमनाथ मैनाली सहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाइदिने र प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु मासिक ४ लाख तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ । मैनालीले पिडितहरुबाट पटक पटक गरी ९५ लाख ठगि गरी सम्पर्कविहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई वैशाख २७ गते काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी