Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौं । अमेरिका पठाईदिन्छु भन्दै रकम ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं. २० घर भई हाल ऐ.ऐ. वडा नं. १५ बस्ने ५६ वर्षीय ओम शाक्य पक्राउ परेका हुन् ।
उनले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीका लागि आमेरिका पठाईदिने र प्रतिष्ठित कम्पनीमा काम लगाईदिने मासिक २ लाख बढी तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेका थिए । उनले पटक पटक गरी पिडितहरुबाट १५ लाख रकम ठगी गरी सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले काठमाडौं महानगरपालिका वडा नं. १३ कालिमाटीबाट पक्राउ गरेको हो । पक्राउ परेका शाक्यलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK