काठमाडौं । कतार पुलिसको जागिरको लागि कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला ताप्लेजुंग आठराई त्रिवेणी गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १० थापागाउँ बस्ने ४९ वर्षीय रुद्र बहादुर लिम्बु पक्राउ परेका हुन् ।
उनले हरि बहादुर कार्की सहित १९ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिने र कतारमा पुगेपछि कतार पुलिसमा भर्ना गराईदिन्छु मासिक १ लाख बढी तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा परेर रकम ठगि गरेका थिए । लिम्बुले पिडितहरुबाट पटक पटक गरी ६९ लाख ठगि गरी सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्बाराहीबाट पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्