काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला रौतहट गजुरा नगरपालिका वडा नं. ०२ स्थाई बतन भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. ०१ बस्ने ३२ वर्षीय उत्तरमान गोले पक्राउ परेका हुन् ।
उच्च अदालत पाटन, ललितपुरको मिति २०७९/०८/१३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४ लाख ६० हजार जरिवाना र २ दिन कैद सजाय तोकी उनी फरार रहेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलिले वैशाख ३१ गते भक्तपुर, लोकन्थलीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गोलेलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराईएको प्रहरीले जनाएको छ ।