×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्विजरल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्विजरल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ 

Artha Sarokar

८ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्विजरल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन्। जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ४ स्थाई घर भई हाल बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ दशबिगा ४६ वर्षीय पार्वती थापा पक्राउ परेकी हुन् ।
उनले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाईदिने र स्विजरल्याण्ड  पुगेपछि सुपरमार्केटमा काम लगाईदिन्छु, मासिक १ लाख बढी तलब हुन्छ भनि प्रलोभनमा पारी पिडितबाट पटक पटक गरी ७ लाख २० हजार रुपैयाँ ठगि गरेकी हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले जेष्ठ ८ गते काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेकी थापालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी