×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउराली सहकारीका अध्यक्ष भन्छन्-‘सदस्यहरुको ८० प्रतिशत बचत फिर्ता गरिसकेँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देउराली सहकारीका अध्यक्ष भन्छन्-‘सदस्यहरुको ८० प्रतिशत बचत फिर्ता गरिसकेँ’

Artha Sarokar

३१ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देउराली बहुउदेश्यिय सहकारी संस्थाले आफ्ना बचतकर्ता तथा देशभरीका सहकारी संञ्चालक तथा व्यवसायीहरूलाई आत्मबल बढाउन अपिल गरेको छ । साथै देउरालीले समस्याग्रस्त भएर पनि हालसम्म बचतकर्ताको ८० प्रतिशत भन्दा बढी बचत रकम फिर्ता गरेको जनाएको छ ।

ललितपुको सातदोबाटोमा केन्द्रीय कार्यालय र काठमाडौंको निउरोड, भक्तपुरको सुर्यबिनायक र ललितपुरकै चापागाँउमा सदस्य सेवा काउन्टर रहेको देउराली बहुउदेश्यिय सहकारी संस्था गत असारदेखि समस्यामा परेको थियो । उक्त सहकारीको सदस्यहरुबाट ६ अर्ब ५० करोड बचत राखेको थियो ।

समस्याग्रस्त भएर हालसम्म आइपुग्दा सदस्यहरुलाई फिर्ता दिनुपर्ने रकम जम्मा ५० करोड हाराहारी रहेको संस्थाका अध्यक्ष रविन्द्र चौलागाँईले बताए । देउरालीले व्यवहार मिलाउँदै जाँदा आफुलाई आत्मविश्वास बढेर गएको उनले बताए । उनले भने ‘सहकारिमा समस्या आएपछि आफना विभिन्न व्यवसाय नभनी सदस्यहरूको बचत फिर्तालाई प्राथमिकता दिएँ । धेरैजसो बचत फिर्ता गरिसकिएका छौं । बाँकीको पनि असारमसान्त भित्रै तिर्ने योजना छ ।’

अध्यक्ष चौलागाँई आगामी आर्थिक वर्षसम्म सहकारीको सबै हिसाव मिलाई पुनः पहिलाकै व्यवसायमा फर्कने योजना रहेको बताए । उनले देशभरिका संघसस्था, व्यवसायीहरूलाई अहिलेको बिकाराल अवस्थामा धैर्य गर्न अपिल गरेका छन् । आफनो काम र कर्तब्य पूरा गर्न र समस्या देखि नभाग्न उनले आग्रह गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी