काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८पैसा रहेको छ ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ११ पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३६ पैसा र बिक्री दर १४४ रुपैयाँ ०२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्य मुलुकको मुद्राको विनियम दर यस प्रकार छ :