Skip to content
LAXMI SUNRISE BANK

प्राधिकरणद्धारा भारतमा बिजुली निर्यात पुनः सुरु

अर्थ सरोकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात पुनः सुरु गरेको छ । बर्खायाम सुरु भएसँगै नदीमा पानीको बहाव बढ्दा बिजुली उत्पादन बढेकाले भारतमा विद्युत निर्माण पुनः सुुरु गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार मात्रै १०० मेगावाट विद्युत् भारत निर्यात गरिएको छ । प्रि-मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जनाकारी दिएका छन् ।

प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा विद्युत् निर्यात गरेको हो । हिउँद लागेपछि नदीमा पानीको बहाब कम हुँदा कम विद्युत् उत्पादन हुने हुँदा प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो । लब भने नेपालले पुनः भारतमा बिजुली निर्यात गर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK