×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

अमेरिकी बैंकिङ क्षेत्रमा अर्को ठूलो धक्काः सिलिकन र सिग्नेचरपछि फर्स्ट रिपब्लिक बैंक पनि टाँट पल्टियो

BIZBAZAR

काठमाडौं । पछिल्लो दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाँट पल्टिएको छ । अमेरिकाको फर्स्ट रिपब्लिक बैंक टाँट पल्टिएको हो ।

क्रिप्टोमा अत्याधिक लगानीका कारण संकटग्रस्त बनेको फर्स्ट रिपब्लिक बैंकको अमेरिकाको नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले स्वामित्व ग्रहण गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेपी मोर्गन फर्स्टले रिपब्लिक बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र र ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको छ ।

मार्च महिनामै बचतकर्ताहरूले सन फ्रान्सिस्कोमा मुख्यालय रहेको फर्स्ट रिपब्लिक बैंकबाट १ खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर मूल्य ७५ प्रतिशतले घटेको थियो ।

यसअघि अमेरिकामै मार्च महिनामा मात्रै सिलिकन भ्याली र सिग्नेचर बैंक टाँट पल्टिएको थियो । यता फर्स्ट रिपब्लिक टाँट पल्टिएपछि अमेरिकाको फेरेडल रिजर्भले अमेरिकाको बैंकिङ प्रणाली निकै मजबुत र उत्थानशील रहेको पुनः दावी गरेको छ । बचतकर्ताहरूले रकम झिक्न थालेपछि रिजर्भले वित्तीय बजारलाई स्थायित्व दिन आपत्कालीन कदम चालेको छ ।

मार्चमा अमेरिकामा ठूला बैंकहरूको समूहले फर्स्ट रिपब्लिक बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएका थिए । रिपब्लिकन बैंक सन् १९८५ मा स्थापना भएको मध्यमस्तरको बैंक थियो ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal