काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । दोलखा जिल्ला बैतेश्वर नगरपालिका वडा नं ३ मिर्गे घर भइ भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. १३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन पक्राउ परेका हुन् ।
उनले फूर्पा शेर्पा सहित ४ जनालाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेका थिए । पाख्रिनले फ्रान्स पुगेपछि प्रतिष्ठीत कम्पनीहरुमा काम लगाइदिन्छु मासिक एक लाख बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परेर पिडितहरुबाट पटक पटक गरी ४० लाख रुपैयाँ ठगि गरी सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले पाख्रीनलाई जेठ १६ गते ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोकबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्