काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, प्याज सुकेको भारतीय ३४, लोकल घिउ सिमी ५०, मटरकोशा ७०, मकै बोडी ९०, भन्टा डल्लो ५०, भटमासकोशा ११०, तिते करेला ४०, लौका ४०, परवल ७०, घिरौंला ४०, हरियो फर्सी ५०, स्कूस ४०,कन्य च्याउ १४०, डल्ले च्याउ ४००, कुरीलो ३००, ब्रोकाउली १०० र तोफु १२० रुपैयाँमा बिक्री भैरहेको छ ।
त्यस्तै, चमसूरको साग १००, पालुंगो साग १००, रायो साग ४०, तोरीको साग ४०, हरियो प्याज ५० तथा मेथिको साग ९०, हरियो धनियाँ ५०, काक्रो ११० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य रहेको छ ।
कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३००, हरियो अंगुर १३०, भारतीय सुन्तला १४०, अनार २५०,कागती २२०, आभोकाडो ५००, तरबुजा ३५, फूजी स्याउ २५०, किवि ४००, केरा दर्जनको १३०, मौसम १५० रुपैयाँमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्