Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ शुक्रबार तरकारी तथा फलफूलको मूल्य

अर्थ सरोकार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ७० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।

त्यस्तै, भारतीय सुकेको प्याज ३४, लोकल घिउ सिमी ६०, मटरकोशा ७०, मकै बोडी ९०, भन्टा डल्लो ४०, भटमासकोशा ११०, तिते करेला ४०, लौका ३०, परवल ९०, घिरौंला ४०, हरियो फर्सी ५०, स्कूस ४०, कन्य च्याउ १५०, डल्ले च्याउ ४००, कुरीलो ३००, ब्रोकाउली १३० र तोफु १२०, रुख कटहर ८० रुपैयाँमा बिक्री भैरहेको छ ।

आज चमसूरको साग ११०, पालुंगो साग ११०, रायो साग ४०, तोरीको साग ३०, हरियो प्याज ५०, हरियो लसुन ९०, मेथिको साग ९०, हरियो धनियाँ ४०,रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २८०, हरियो अंगुर १२०, भारतीय सुन्तला १४०, अनार २५०,कागती २२०, आभोकाडो ५००, तरबुजा ३५, फूजी स्याउ २५०, केरा दर्जनको १३०,दशहरी आँप (भारतीय) २५० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK