Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ आइतबार तरकारी तथा फलफूलको मूल्य

अर्थ सरोकार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, नेपाली सानो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ८० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।

त्यस्तै, भारतीय सुकेको प्याज ३४, लोकल घिउ सिमी ८०, मटरकोशा १४०,तने बोडी ७०, भन्टा डल्लो ६०, भटमासकोशा ११०, तिते करेला ६०, लौका ५०, परवल ११०, घिरौंला ६०, हरियो फर्सी ४०, कन्य च्याउ १८०, डल्ले च्याउ ४००, कुरीलो ३००, ब्रोकाउली १६० र तोफु १२०, रुख कटहर ६०,लोकल काँक्रो ११० रुपैयाँमा बिक्री भैरहेको छ ।

आइतबार चमसूरको साग १२०, पालुंगो साग १२०,रायो साग ६०,तोरीको साग ४०,हरियो प्याज ९०,हरियो लसुन ९०,मेथिको साग १२०, हरियो धनियाँ ५०,रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

यता, हरियो अंगुर १५०, कालो अंगुर ३००, अनार २५०, कागती १८०, आभोकाडो ४००, तरबुजा ३०, नेपाली मेवा ७०, फूजी स्याउ २५०, मौसम १५०, केरा दर्जनको १३०, दशहरी आँप (भारतीय) २०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK