काठमाडौं । डिजेल र मट्टितेलको भाउ घटेसँगै सरकारले गाडी भाडा पनि घटाएको छ । भारतीय आयल कर्पोशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएसँगै सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको हो ।
आईओसीले डिजेल र मट्टिेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । योसँगै यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी रुटमा सञ्चालन हुने मालबाहक सवारी सधानमा ४.१९ प्रतिशत र तराईका बाटोमा सञ्चालक हुने गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको हो ।
सरकारले सार्वजनिक गरेको नयाँ भाडा दर अनुसार सबैभन्दा लामो रुट काठमाडौं–अत्तरीया–मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर कायम भएको छ ।
यस्तै, काठमाडौं–अत्तरीया–चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं–धनगढी–साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं–अत्तरीया–सिलगढीको २४०८, काठमाडौं–महेन्द्रनगरको १९१५, काठमाडौं–सुर्खेतको १७४०,काठमाडौं–धनकुटाको १७२७, काठमाडौं–विराटनगर १४९८ कायम भएको छ । त्यस्तै, महेन्द्रनगर–काँकडभिट्टा (९२२ किमी)को २४७५, सुर्खेत–धरानको २४४२ रुपैयाँ र काठमाडौं–जनकपुर ९०३, भाडा रहेको छ ।
घटेको नयाँ भाडा दर बुधबारदेखि नै लागू भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्