×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नक्कली भुटानी शरणार्थी प्रकरण प्रवृत्ति हो, उच्च ओहोदा संलग्न भए पनि नछुटुन्’- गगन थापा

PRIME CA
GLOBAL IME BANK

‘नक्कली भुटानी शरणार्थी प्रकरण प्रवृत्ति हो, उच्च ओहोदा संलग्न भए पनि नछुटुन्’- गगन थापा

२१ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरण घटना नभई प्रवृत्ति भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक ‘स्टाटस’ लेख्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सोही स्टाटसमार्फत थापाले उक्त प्रकरणमा संलग्न जुनसुकै ओहोदाको व्यक्ति भए पनि गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन् ।

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन ।’– उनले लेखेका छन् ।

त्यस्तै, महामन्त्री थापाले सो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको भन्दै यस्तो कार्यमा संलग्न कोही पनि नछुटाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: