×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुगड ग्रुपका लेखापाल ५४ तोला सुन र ८ तोला चाँदीसहित पक्राउ, यस्तो छ थप विवरण…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दुगड ग्रुपका लेखापाल ५४ तोला सुन र ८ तोला चाँदीसहित पक्राउ, यस्तो छ थप विवरण…

२४ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  दुगड ग्रुपका लेखापाल सहित ३ जना पक्राउ परेका छन् । ५४ तोला सुन र ८ तोला चाँदीसहित उनीहरुलाई प्रहरीले मोरङको बिराटनगर महानगरपालिका-१५बाट शनिवार दिउँसो पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले रानी नाकातर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भ्यानबाट सुन चाँदी सहित ९० लाख रुपैयाँ बराबरको सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा चालक बिराटनगर-२ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ वर्षीय बिनोदकुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीय पुष्पा मुरारका रहेका छन । बिनोद व्यापारिक घरना दुगड ग्रुपका लेखापाल समेत हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भैरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिएका छन्।

प्रहरीले उनीहरूको साथबाट सुनको ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ थान ६ तोला, ५ ग्रामको विस्कुट २ वटा, सिक्काहरू ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, एक ग्रामको सिक्का १ थान, ४८ ग्रामका सिक्का ८ थान, १० ग्रामको सिक्का २ थान, कनौती ५.७८ ग्रामको दुई थान, तथा इयररिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरीले बताएको छ ।

त्यस्तै, १७ सय १९.४४ ग्रामको चाँदीको ११ थान ढिक्का, बुनियाँ ९२.८० ग्राम २६८.३२ ग्रामको ७८ थान चाँदीको सिक्का पनि बरामद भएको छ । चारमुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिन्दुर राख्ने ५.४८ ग्रामको सिसी एक थान, कचौरा ३९७.८४ ग्रामको ६ थान, थाल २४१४.०८ ग्रामको ६ थान, चम्चा ३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, डिनरसेट ढोंगा ४ थान तथा मड्की ३७.८८ ग्रामको १ थान गरि जम्मा ५४ तोला सुन र ८ तोला चाँदी बरामद भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी