काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार २ सय रुपैयाँले घटेर १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि भने १५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९२ हजार ६ सय ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९२ हजार २ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।