काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
सोमबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार २ सय ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९२ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।