Skip to content
LAXMI SUNRISE BANK

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ३ सय ३५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९४ हजार ८ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK