Skip to content
LAXMI SUNRISE BANK

बिहिबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ६ सय ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK