Skip to content
LAXMI SUNRISE BANK

आइतबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ९ सय ९५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९४ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK