काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार १ सय रुपैयाँले बढेर १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार २ सय ५० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।