Skip to content
LAXMI SUNRISE BANK

बुधबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार १ सय रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK