काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार २ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।