Skip to content
LAXMI SUNRISE BANK

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ६ सय २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९३ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK