Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

बिहिबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार ५ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९२ हजार ८ सय ५० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९२ हजार ४ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५३ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK