काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारको केस नभएको बताएका छन् । सञ्चारकर्मीसंग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले पछिल्लो समय चर्चामा रहेको यो प्रकरण सामान्य नभएको र आफूहरुले सामान्य रुपमा नलिएको बताएका छन् ।
हाल सतहमा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले माग गरेका हदसम्मका व्यक्तिहरु तानिएको गृहमन्त्री श्रेष्ठले बताए । राष्ट्रको अपमान र स्वाभिमान गिराउने यो प्रकरणमा कुनै पनि दोषी नछुट्ने पनि उनले प्रतिवद्धता गरेका छन् ।
‘मेरो केही दिनअघि प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीको निवासमा उहाँसँग भेट भएको थियो । केही दिनअघि उहाँमाथि पूर्वमा भएको आक्रमणबारे दुःख प्रकट गरेको थिएँ । भेटमा शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारको केस नभएको बताए ।’, उनले भने, ‘यो राष्ट्रको अपमान गर्ने, स्वाभिमान गिराउने अपराध हो । यसको विरुद्ध अनुसन्धान बढाउनुपर्छ र दोषी जोसुकैलाई कार्वाही गर्नुपर्छ भनेर सहयोग र आडभरोसाको माग गरेको छु ।’
भेटमा अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा सहयोग गर्न आफू तयार रहेको भन्दै निर्दोष नफसुन र दोषी कोही नउम्कुन भन्दै अनुसन्धानलाई साथ दिएको पनि गृहमन्त्री श्रेष्ठले बताए । आफूले निर्दोषलाई फसाइनु हुँदैन भनेर प्रहरीलाई निर्देशन दिइसकेको उल्लेख गर्दै उनले निष्पक्ष ढंगले अनुसन्धान बढने र निष्कर्षमा पु¥याउन अनुसन्धानको क्रममा संलग्न देखिएको सबै तानिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्