काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम केबल पारायण पाठ भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि धारणा प्रस्तुत गर्दै सांसद ढकालले ५ जेठमा प्रस्तुत गरिएको बजेट केबल ‘बजेट महात्मे’को पारायण पाठ भएको बताएका हुन् ।
‘यो संसदमा बजेट महात्मे मात्रै चल्ने रहेछ । सरकार प्रमुखलाई ल्याएर गत जेठ ५ गते पारायण पाठ भयो ।’, सांसद ढकालले भने, ‘अब १५ गते साङ्गे हुन्छ । साङ्गेका दिन संसद भरिभराउ हुन्छ तर फरक केही हुँदैन ।’ बजेट भाषणका दिन मन्त्रीहरुले आफ्नो क्षेत्रमा बजेट पार्ने रस्साकस्सी, सांसदहरु मन्त्रीको नजिक हुन रस्साकस्सी र मन्त्री र सांसदसँग नजिक रहेका विचौलियाहरु आफ्नो पोलिसी बजेटमा छिराउने रस्साकस्सी बाहेक अरु केही नहुने बताउँदै उनले यो परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
सांसद ढकालले सरकारले आगामी आर्थिक वर्ष २०८० ८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम ३३ वर्ष पहिले प्रस्तुत गरिएको बजेटको हुवहु भएको दाबी गरेका छन् । ‘मैले प्रस्तुत गरेको तथ्यमा विश्वास लागेन भने २०४८ सालको असार १७ गते प्रस्तुत भएको नीति तथा कार्यक्रम हेर्नुहोला ।’, उनले भने, ‘यो परिपाटी ३३ वर्षदेखि चल्यो, यही चलाइयो र फेरी पनि यही चलाउन खोजिदैछ ।’
त्यस्तै, सांसद ढकालले पछिल्लो ३३ वर्षदेखि मन्त्रिहरुले ‘मैले ल्याएको बजेट’ भन्ने भाष्य निर्माण भएको भन्दै आपत्ति जनाएका छन् । ‘१५ गते बजेट महात्मे हुन्छ । हिजो जस्तै गरी मैले ल्याएको बजेट भन्ने भाष्य निर्माण गरिन्छ । मन्त्रिहरुले आफ्नो घर बेचेर आफ्नो क्षेत्रमा बजेट हालेको हो ?’, संसदमा प्रश्न गर्दै उनले भने, ‘यो छुट कसैलाई छैन । मन्त्रिज्युहरुलाई खबरदार गरेँ, तपाईहरुले यसपटक आफ्नो क्षेत्रमा मैले ल्याएको पैसा भन्नुभयो भने हामी राज्यले हालेको पैसा हो खबरदार भन्न जादैछौँ ।’
नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै सांसद ढकालले संसदले युवा सांसदहरुको भावना नबुझेको बताएका छन् । सिमित मन्त्री र सचिवको टिमले मात्रै नीति तथा कार्यक्रम बनाएको आरोप लगाउँदै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वडा स्तरमा कृषि प्रवद्र्धन केन्द्र खोल्न र कृषि अनुदानमा दोहन गर्ने विचौलियालाई कार्वाही गर्ने विषय समेट्न माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्