काठमाडौं । सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
‘वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ ।
बिहिबार सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिने निर्णय गरेसंगै सेयर कारोबार पनि नहुने भएको छ । बुधबार १६.४९ अंकले बढेर बन्द भएको नेप्से आइतबार विहान ११ बजे मात्रै खुल्ने भएको हो ।