×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमएफद्धारा नेपालको लागि थप झण्डै सात अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइएमएफद्धारा नेपालको लागि थप झण्डै सात अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत

Artha Sarokar

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको लागि थप ५ करोड २८ लाख अमेरिकी डलर (६ अर्ब ८९ करोड ७१ लाख रुपैयाँ) ऋण स्वीकृत गरेको छ । आइएमएफको सोमबार बसेको सञ्चालक समिति बैठकले विस्तारित कर्जा सुविधा (इसीएफ) अन्तर्गत उक्त ऋण स्वीकृत गरेको हो ।

नेपालले यो इसीएफ अन्तर्गत दोस्रो किस्ता पाउन लागेको हो । आइएमएफको कार्यकारी बोर्डले २०२२ जनवरी १२ मा नेपालका लागि कुल ३८ करोड ४८ लाख अमेरिकी डलर बराबरको इसीएफ व्यवस्थालाई स्वीकृत गरेको थियो । जुन नेपालले पाउने कोटाको १८० प्रतिशत हुन जान्छ । यस सँगै नेपालको लागि ईसीएफ अन्तर्गत कुल १५७.४ मिलियन डलर अर्थात २० अर्ब ५६ करोड पुगेको छ ।

मुद्रा कोषले सन् २०२२ मा नेपाललाई ३८४.८ मिलियन डलर अर्थात् ३१ अर्ब ४६ करोड ३१ लाख रुपैया ऋण दिने निर्णय गरेको थियो । मुद्रा कोषले नेपाललाई यो रकम किस्ता किस्तामा दिने छ। दोस्रो किस्ता वापतको रकम स्वीकृत भएसंगै अब करिब ११ अर्ब ऋण स्वीकृति हुन बाँकि छ । यो रकम नेपालले तेस्रो किस्तामा पाउने छ । तर, त्यसको लागि नेपालले मुद्रा कोषले तोकेको शर्तहरु भने पालना गर्नु पर्ने छ । यो ऋण नेपाललाई शुन्य ब्याजदरमा प्रयोग गर्ने छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी